सत्ता गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व : गृहमन्त्री खाण

गृहमन्त्री एवम् नेपाली कांग्रेसका रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार बालकृष्ण खाणले सत्तारूढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताएका छन्।

सत्तारूढ गठबन्धनले जनताको जीवनलाई बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आम मतदाताले साथ दिनुपर्ने उनको भनाइ छ।

शुक्रबार भैरहवामा आयोजित नेपाल महिला संघको रूपन्देही भेलामा बोल्दै उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने बताए। गृहमन्त्री खाणले मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन अहिले सत्तामा रहेका दलहरूको नेतृत्वमा सम्भव भएकाले मुलुकको आर्थिक क्रान्ति पनि सोही दलहरूको नेतृत्वमा सम्भव हुने बताए।

गृहमन्त्री खाणले पाँच दलीय गठबन्धनकै नेतृत्वमा मुलुकमा गरिबी हट्ने र रोजगारीको अवसर उपलब्ध गराउन सकिने जिकिर पनि गरे। त्यस अवसरमा उनले रूपन्देहीलाई देशकै आर्थिक विकासको केन्द्र बनाउन आफूले चाहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर