सुकुम्बासी बस्तीमा डोजर चलाउनु हुँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्बासी बस्तीमा डोजर चलाउन नहुने बताएका छन्।

सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका नेता सिंहले काठमाडौंको सुकुम्बासी बस्तीमा डोजर चलाउन नहुने बताएका हुन्।

उनले आइतबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी बस्ती हटाउन अमानवीय रूपमा जबरजस्ती गर्न नहुने बताए। उनले सरकारले सुकुम्बासीहरूको समस्या समाधान गर्नका लागि भूमि आयोग गठन गरेको उल्लेख गर्दै सो आयोगको प्रतिवेदन आएपछि सरकारले बनाउने नीति, कार्यक्रम लागू गराउन आफू प्रतिबद्ध रहेको पनि बताए।

नेता सिंहले अव्यवस्थित बसोबास हटाउने हो भने सरकारले निश्चित कार्यक्रम ल्याउनुपर्ने बताए। उनले अव्यवस्थित बसोबासको समस्या समाधान गर्न सरकार र सुकुम्बासीहरू दुवै पक्षलाई सहज हुनेगरी काम गर्नुपर्ने बताए।

नेता सिंहले मंसिर ४ गतेको चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने बताए। उनले कार्यक्रमपछि न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै संविधान कार्यान्वयनका लागि सामान्य अवस्था नआउन्जेल गठबन्धनलाई निरन्तरता दिइने उल्लेख गरे।

उनले निर्वाचनपछिको संसद्बाट देशको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउनका लागि आवश्यक कानूनको सुधार तथा परिमार्जन गरिने बताए। उनले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउनका लागि जोड दिइने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर