
जी–२० शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी इन्डोनेशिया जाँदै


फाइल तस्बिर।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६औँ शिखर सम्मेलनमा भाग लिने भएका छन्। भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ।
‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा यहाँको भ्रमण निकै महत्त्वपूर्ण छ,’ इडोनेशियाका लागि भारतीय राजदूत मनोजकुमार भारतीले एएनआईलाई भनेका छन्।
‘प्रधानमन्त्री नरेन्द्र मोदीले १६औँ जी–२० शिखर सम्मेलनमा भाग लिनुहुने छ र यहाँ उनले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहने छ’ भारतीले एएनआइसँग भनेका छन्।
प्रतिक्रिया