नक्कली सुन धितोमा राखेर २४ लाख रुपैयाँ ठगी

नक्कली सुन धितोमा राखेर बैंकबाट कर्जा लिई २४ लाख रुपैयाँ बढी रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पर्वतको कुश्मा नगरपालिका–०३ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनार पक्राउ परेका हुन्।

लामो समयसम्म कर्जाको ब्याज र सावाँ चुक्ता गर्न नआएपछि उनले धितोमा राखेको गरगहना परीक्षण गर्दा नक्कली सुन भएको खुलेको हो।

प्रहरीका अनुसार उनले सुनका गरगहना भन्दै धितोमा राखेर राष्ट्रिय वाणिज्य बैंकको पोखरा–१७ बिरौटास्थित शाखाबाट १६ लाख ६० हजार रुपैयाँ र पोखरा–८ पृथ्वीचोकस्थित शाखाबाट ७ लाख ४५ हजार गरी २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएका थिए। तर, उनी लामो समयसम्म कर्जाको ब्याज र सावाँ बुझाउन आएनन्। त्यसपछि कर्जा दिने बैंकलाई शंका लाग्यो र उनले धितोमा राखेको गरगहना नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेकजाँचका लागि पठाइयाे। संघबाट ती गरगहना नक्कली सुनबाट तयार गरिएको प्रतिवेदन आएको हो।

संघको उक्त प्रतिवेदनपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीविरुद्ध कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेकाजिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *