कांग्रेस निर्वाचन परिचालन समितिमा दुई सदस्य थप

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यनिर्वाचन– २०७९, केन्द्रीय परिचालन समितिमा दुई सदस्य थप गरेका छन् ।

सभापति देउवाले समितिमा चण्डेश्वर वैद्य, काठमाडाैं र केशर रोकाय, सुर्खेतलाई नियुक्त गरेकाे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गर्नुभएको समितिमा आज दुई सदस्य थप गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर