गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताएका छन्।

आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको बताए।

उनले भने, “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो। देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचनपछि गठबन्धनकै सरकार बन्नेछ।” परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उनले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको बताए।

मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उनले आग्रह गरे।

यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देश विकास गर्न गठबन्धन आवश्यकता रहको बताएका छन्। उनले देश विकास र संविधानको रक्षा गर्न गठबन्धन आवश्यकता रहेको बताए।

देश अस्थिरताबाट जोगाउन र देश समृद्ध बनाउनका लागि गठबन्धन भएको उहाँले जनाउँदै यो गठबन्धनको लामो समयसम्म रहने दाबी गरे। उनले भने, “संसद् विघटनपछि यो गठबन्धन बन्न पुगेको हो। यो गठबन्धनले देश समृद्ध बनाउन बनेको छ। संविधानको रक्षा गर्दछ।” उनले गठबन्धनको अबको सङ्कल्प देश विकास गर्नु नै रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *