आमनिर्वाचन-२०७९

‘स्थिर समय’ अगावै सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचार सामग्री हटाउन निर्देशन

निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचन प्रचारप्रसारसम्बन्धी सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्म हटाउन निर्देशन दिएको छ ।

आयोगले सामाजिक सञ्जालमा पोस्ट भएका निर्वाचन प्रचारप्रसार सम्बन्धित सामग्रीहरू मंसिर १ गते राति १२ बजेसम्ममा हटाइसक्न राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्देशन दिएको हो ।

बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोग, नेपालका सहप्रवक्ता कमल भट्टराईले बताए। उनले निर्वाचन आचारसंहिताबमोजिम स्थिर समय सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट राजनीतिक दल र उम्मेदवारहरूले कुनै पनि तरिकाबाट निर्वाचन प्रचारप्रसार गर्न नपाउने बताए ।

उनले आायेगले मंसिर १ गते राति १२ बजेबाट कुनैपनि राजनीतिक दल तथा उम्मेदवारले समाजिक सञ्जाल तथा अनलाइनको प्रयोग गरेर उम्मेदवारको पक्ष र विपक्षमा मत माग्न नपाउने पनि बताए । सहप्रवक्ता भट्टराईले स्थिर समय शुरु हुनुपूर्व पोस्ट गरिएका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू सम्बन्धित सामाजिक सञ्जाल तथा अनलाइनबाट हटाउनुपर्ने बताए । उनले उम्मेदवार तथा राजनीतिक दलहरुले आयोगको निर्देशन अटेर गरी सामाजिक सञ्जालबाट प्रचारप्रसार गरे वा प्रचारप्रसार सामग्री नहटाए निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन आचारसंहिता २०७९ एवं निर्वाचन कसुर तथा सजाय ऐनबमोजिम आवश्यक कारबाही हुने पनि बताए ।

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका निर्वाचनसम्बन्धी प्रचारप्रसारका सामग्री हटाए/नहटाएको अनुगमन गर्न निर्देशन दिने बताएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *