समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध हुने

निर्वाचन आयोगले यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारलाई पनि परिचयपत्र उपलब्ध गराउने भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उम्मेदवारलाई आयोगको वेबसाइटमा रहेको अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेशअन्तर्गतकोे जिल्लाको खण्ड हेरी आफ्नो जिल्लाअन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी तोकिएको ढाँचामा परिचयपत्र उपलब्ध गराइने निर्णय भएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर