सहायक रथी ढकाल बने शान्ति मिशनमा उपफोर्स कमाण्डर

नेपाली सेनाका सहायक रथी चोकबहादुर ढकाल संयुक्त राष्ट्रसंघ शान्ति मिशनको उपफोर्स कमाण्डर बनेका छन् । शान्ति मिशनअन्तर्गत उनी लेबनानमा उपफोर्स कमाण्डर नियुक्त भएका हुन् ।

राष्ट्रसंघले उनलाई उपफोर्स कमाण्डरमा नियुक्त गरिसकेको र चाँडै नै उनी जिम्मेवारी सम्हाल्न लेबनान जाने सैनिक उच्च स्रोतले जनाएको छ ।

संयुक्त राष्ट्र संघको लेबनानस्थित अन्तरिम फोर्समा यसरी उप्रमुख भएर जिम्मेवारी सम्हाल्ने ढकाल दोस्रो नेपाली सैनिक भएका छन् । सन् २०१९ सम्म शिवराम खड्काले सोही स्थानमा उपफोर्स कमाण्डरको भूमिका निर्वाह गरेका थिए । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित ताकुकोटका ढकाल प्रधानसेनापति प्रभुराम शर्माको ‘मेलिटरी सहायक’को रूपमा कार्यरत थिए ।

३५ वर्षदेखि सेनामा कार्यरत सहायक रथी ढकालले एक महिनाभित्रमा लेबनानमा पुगेर जिम्मेवारी सम्हाल्ने छन् । नेपाली सेनाकै उपरथी निर्मलकुमार थापा अहिले सिरियाको गोलनहाइटस्थित ‘संयुक्त राष्ट्र संघ डिसइन्गेजमेन्ट फोर्स’ कमाण्डरको रूपमा कार्यरत छन् ।

नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघ (यूएन)को सदस्य बनेपछि नेपाली सुरक्षाकर्मीहरू पनि विश्वका विभिन्न द्वन्द्वग्रत मुलुकमा शान्ति स्थापनामा सहभागी भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर