मतपरिणाम एमालेको पक्षमा आउँछ : ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्।

आज बिहान ८ः३० बजे मतदान पोखरेलले गर्दै चुनावी अभियानका क्रममा मतदाताहरुले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताए। उनले मतपरिणाम नेकपा (एमाले)को पक्षमा आउने विश्वास व्यक्त गरे।

निर्वाचित भएपछि के गर्नुहुन्छ भन्ने संचारकर्मीहरुको प्रतिक्रियामा पोखरेलले आफूले पार्टीको केन्द्रीय घोषणा पत्र र काठमाडौं क्षेत्र नम्बर ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बताए।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *