डीआईजी राई दक्षिण कोरिया प्रस्थान

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राई आइतबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन्।

दक्षिण कोरिया सरकारको परराष्ट्र मन्त्रालयको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ‘फ्रेण्ड्स अफ कोरिया’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन डीआईजी राई त्यसतर्फ प्रस्थान गरेका हुन्।

उनको अनुपस्थितिमा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *