आमनिर्वाचन-२०७९

प्रधानमन्त्रीको जिल्लामा २ बजेदेखि मतगणना

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा दिउँसो २ बजेदेखि मतगणना सुरु हुने भएको छ। यस जिल्लामा देउवा आफैँ पनि प्रतिस्पर्धामा छन्।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अहिले सर्वदलीय बैठक बसिररहेको र २ बजेपछि मतगणना सुरु हुने जानकारी दिएका हुन्।

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका देउवासहित, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना प्रतिस्पर्धामा छन्।

एक समय बीबीसीको कार्यक्रम ‘साझा सवाल’मा प्रश्न गर्दा देउवाले झपारेका युवा सागर ढकाल उनीविरुद्ध चुनावी मैदानमा उत्रिँदा डडेल्धुराको चुनाव थप रोचक बनेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *