आमनिर्वाचन-२०७९

मुस्ताङमा कांग्रेसले गर्‍याे ‘क्लिन स्वीप’

मुस्ताङमा नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ। एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्य पदमा जित निकाल्दै ‘क्लिन स्वीप’ गरेको हो।

प्रतिनिधि सभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराएका हुन्। योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाएका छन्।

मुस्ताङको दुवै प्रदेश सभा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। प्रदेश सभा (१) मा नम्डु गुरुङ र प्रदेश सभा (२) मा विकल शेरचन विजयी भएका हुन्। गुरुङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् भने शेरचनले एमालेकै चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन्। गुरुङ१ हजार ४८ मत ल्याएर प्रदेश सभामा निर्वाचित हुँदा विष्टले ७ सय ९३ मत पाए।

यस्तै शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गौचनले २ हजार ५६५ मत पाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *