आमनिर्वाचन-२०७९

काठमाडौं १० मा कांग्रेसका राजेन्द्र केसीको अग्रता कायमै, घण्टी दोस्रो स्थानमा

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा छन् । पछिल्लो मतगणनाको परिणामअनुसार उनले चार हजार आठ सय एक मत प्राप्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले तीन हजार तीन सय ७८ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का हिमेस केसीले दुई हजार आठ सय ८२ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार अहिलेसम्म १६ हजार आठ सय १५ मत गणना सकिएको छ। तीमध्ये छ सय ९९ मत बदर भएको छ। निर्वाचनमा ५३ हजार छ सय ४५ मत खसेको थियो। उक्त क्षेत्रमा १८ दलका र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *