आमनिर्वाचन-२०७९

संसद्को यात्रामा प्रदीप पौडेल

काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी भएका छन् ।

पौडेलले १५ हजार दुई सय ३७ मत ल्याएर विजयी भएको सो क्षेत्रका मतदान अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कमलकान्त जोशीले जानकारी दिए । पौडेलका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले १० हजार एक सय ७५ मत प्राप्त गरेका छन् ।

पौडेलले पाँच हजार ६२ मतले पोखरेललाई पराजित गरेका हुन् । पौडेल पहिलोपटक प्रतिनिधिसभामा विजयी भएका हुन् ।  सो क्षेत्रमा कुल ७० हजार नौ सय १९ मतदाता रहेकामा ४५ हजार नौ सय ७८ मत खसेको थियो । त्यसमध्ये ४४ हजार चार सय सात मत सदर भएको थियो ।

सतचालीस वर्षीय पौडेल विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २(१) बाट न्यून मतान्तरले पराजित भएका थिए । पाँच वर्षपछि पौडेलले संसदीय राजनीतिमा अनुभव भएका एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गरेका हुन् । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष पौडेल युवापुस्ताका आशालाग्दा नेता हुन्  । राजनीतिप्रति गहिरो चिन्तन, सरल र प्रखर व्यक्तित्वले पौडेलको राजनीतिक यात्रालाई अहिलेको उचाइमा पु¥याएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर