आमनिर्वाचन-२०७९

ललितपुर ३ मा तोसिमा कार्की एमालेका अमृत खड्काभन्दा झण्डै १३ सय मतले अगाडि

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता कायमै राखेकी छन्।

सार्वजनिक पछिल्लो मतपरिणामअनुसार उनले निकटम प्रतिस्पर्धी एमालेका अमृत खड्कालाई १ हजार २ सय ९५ मतले पछि पारेकी छन्।

कार्कीले ५ हजार ९ सय ८३ मत पाउँदा दोस्रो स्थानमा रहेका खड्काले ४६१८ मत ल्याएका छन्।

माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा छिन्। उनले २६६१ मत पाएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर