पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानले चाै‌थाे प्रयासमा जिते संसदको दौड

नेपाल प्रहरीका अवकाशप्राप्त महानिरीक्षक ध्रुबबहादुर प्रधान प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । उनी नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । उनी ३४ हजार ७ सय ६४ मत ल्याएर विजयी भएका हुन् ।  यसको औपचारिक जानकारी निर्वाचन आयोगले सार्वजनिक गरेको छैन् ।

नेपाल प्रहरीका १७ औं महानिरीक्षक रहेका प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष हुन् । नेपाल प्रहरीमा खेलकुदको विकासका लागि उल्लेख्य भुमिका खेलेका उनी प्रहरीभित्र हक्की प्रहरी अधिकृतका रुपमा परिचित छन् ।

परिणामअनुसार प्रधानका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलले १९ हजार ५ सय ९४ मत ल्याएका छन्।

नेकपा एमालेका दीपेन्द्रकुमार अधिकारीले १४ हजार ५ सय  २  मत ल्याएका छन्। प्रधानले यसपटक  दोब्बरभन्दा बढी अन्तरले कँडेललाई हराउँदै संसद छिर्ने यात्रा तय गरेका हुन् ।

आईजी भएको ३६ दिनमै सरकारले ०५३ चैतमा अच्युतकृष्ण खरेललाई हटाएर ध्रूबबबहादुर प्रधानलाई आईजी बनाएको थियो। त्यसविरुद्ध खरेल सर्वोच्च अदालत गएका थिए।

अदालतको आदेशमा पुनः ०५४ मंसिरमा प्रधानलाई हटाएर खरेल आईजीपी भए।

अदालतको आदेशपछि आईजीबाट हटेर ध्रूबबहादुर प्रधान प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनेका थिए। सल्लाहकारबाट राजीनामा दिएर उनी ०५६ को आम निर्वाचनमै होमिए। नवलपरासी–४ बाट चुनाव लडेका उनले हार ब्यहोरे। ०६४ र ०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन्।

प्रत्यक्ष निर्वाचनमा पटक–पटक हार ब्यहोरेका उनी ०७४ को चुनावमा भने राप्रपाको समानुपातिक सूचीमा बसे। तर, ३ प्रतिशत थ्रेसहोल्डका कारण सांसद बन्ने उनको सपना पूरा हुन सकेन।

पटक–पटक असफलता ब्यहोरेका पूर्वआईजी प्रधान संसद् छिर्ने सपनासहित यो पटक फेरि राप्रपाबाट उम्मेदवारी दिएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर