आमनिर्वाचन-२०७९

पर्सा ४ मा कांग्रेसका रमेश रिजाल विजयी

पर्सा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका रमेश रिजाल निर्वाचित भएका छन्।

पर्सा क्षेत्र नं ४ मा ७ औं पटक उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य रिजाल निकटतम प्रतिस्पर्धीलाई ५५३० मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

पाँच दलीय लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमाले–जसपा गठबन्धनका उम्मेदवार एमाले नेता जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत पाए।

०४८ सालमा जितेयता रिजाल लगातार सोही क्षेत्रमा चुनाव लडिरेहका छन्।

वि.स. ०५२ सालमा पनि उनलाई जताले प्रतिनीधि सभा सदस्य बनाए। ०५६ सालको भने उनी पराजित भए।

वि.स. ०६४ सालमा पुनः सांसद बने। त्यसपछि वि.स. ०७० र वि.स. ०७४ सालको निर्वाचनमा लगातार पराजित भएका थिए। ०७९ को निर्वाचनबाट उनले पुनः संसद्को यात्रा तय गरेका छन्।

रिजालले पार्टीमा अनुशासन समिति संयोजक, कार्य सम्पादन समिति सदस्यमा काम गरिसकेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर