आमनिर्वाचन-२०७९

गोरखामा प्रचण्ड र बजगाईंको जित सुनिश्चित

गोरखामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले प्रतिनिधि सभा निर्वाचन जित्ने निश्चित भएको छ।

गोरखा क्षेत्र नं. २ मा प्रचण्डको र क्षेत्र नं. १ मा बजगाईंको निकटतम प्रतिस्पर्धीसँग फराकिलो मतको अग्रता छ।
क्षेत्र नं. २ को पछिल्लो मतपरिणामअनुसार प्रचण्डले १७, ७५३ मत पाउँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले ५९६७ मत ल्याएका छन्। बुर्लाकोटी प्रचण्डभन्दा झण्डै दोब्बर मतले पछाडि छन्। उनीहरूबीचको मतान्तर ११,७८६ छ। मतान्तरको स्थिति हेर्दा बुर्लाकोटीले प्रचण्डलाई भेट्न असम्भवप्रायः देखिन्छ।
नेकपा एमालेका अब्दुस मियाँ भने तेस्रो स्थानमा छन्। उनले ४,५९८ मत पाएका छन्।

मंगलबार बिहान सुरु भएको मतगणनामा १००४ मत गनेर सकिँदा बजगाईंले ७६६ मत पाएका छन्। नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन्।

यस्तै गोरखा क्षेत्र नं. १ को पछिल्लो मतपरिणामले कांग्रेसका बजगाईंको जित सुनिश्चित देखाएको छ। ३३,३२५ मत गनेर सकिँदा कांग्रेसका बजगाईंले १९,३११ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी एमालेका रामशरण बस्नेतले ९,१६१ मत ल्याएका छन्। बजगाईं बस्नेतले प्राप्त गरेको मतभन्दा १०,१५० मतले अगाडि छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले २,३०१ मत पाएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *