हिमालयन बैंकले डिस्कभर्स अन्तर्राष्ट्रिय सञ्जालका कार्डहरू स्वीकार गर्ने

विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डहरू स्वीकार गर्ने नेपालको एकमात्र बैंक हिमालयन बैंक लिमिटेडले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने व्यवस्था शुरु गरेको छ ।

बैंक तथा डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कबीच भएको उक्त व्यवस्थाले कार्डधारकहरूलाई उनीहरूको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरूमा भुक्तानी गर्ने विकल्पहरू उपलब्ध हुनेछ । डिस्कभर्सका कार्डहरू स्वीकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरूले उक्त नेटवर्कका विश्वभरि फैलिएका २८ करोड ग्राहकहरूले वार्षिक रूपमा गर्ने ५०० अर्ब डलर बराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्नेछन् ।

बैंकले काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायतका पर्यटकीय क्षेत्रहरूका विभिन्न होटल, रेष्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टहरूमा रहेका आफ्ना पस मेशिनहरूमा उक्त नेटवर्कका कार्डहरू स्वीकार गर्नेछ । डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्सको लोगो भएका मर्चेन्टहरूले डिस्कभर्स अन्तर्राष्ट्रिय नेटवर्कद्वारा जारी भएका कार्डहरू स्वीकार गर्नेछ । नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा बैंकले पर्यटकहरूलाई आफ्नो छनोटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरूलाई उक्त कार्ड स्वीकार गर्ने अवसर दिएको छ ।

नेपालको बैंकिङ क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तर्राष्ट्रिय कार्ड ब्राण्डहरू, जस्तैः अमेरिकन एक्स्प्रेस, जेसीबी, मास्टरकार्ड, युनियन पे, भिसा जारी तथा स्वीकार गर्ने तथा डाइनर्स एण्ड डिस्कभर कार्ड स्वीकार गर्ने एकमात्र बैंक हो । बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १६० एटीएम तथा ६ हजारभन्दा बढी पस टर्मिनलहरूमा स्वीकार गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर