ललितपुर ३ मा तोसिमा कार्कीकाे जित सुनिश्चित

ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले जित्ने निश्चित भएकाे छ।

सार्वजनिक पछिल्लो मतपरिणामअनुसार उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई दोब्बर बढी मतले पछि पारेकी छन्। ३७ हजार ९७८ मत गणना हुँदा कार्कीले १८ हजार ४७७ मत पाएकी छन्। खड्काले ९ हजार ४२२ मत ल्याएका छन्।

माओवादीकी पम्फा भुसालले ६ हजार ४२५ पाएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *