आमनिर्वाचन-२०७९

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा विजयी

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको ओलखढुंगाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका यज्ञराज सुनुवारलाई ६ हजार ८ सय १८ मतान्तरले पछि पार्दै खतिवडा निर्वाचित भएका हुन्।

खतिवडाले ३३ हजार ५५६ मत पाउँदा सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे। जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ र राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गरे।

यसअघि २०७४ सालको निर्वाचनमा खतिवडा सुनुवारसँगै पराजित भएका थिए। हक्की स्वभावका खतिवडा सांसद नहुँदा पनि ओखलढुंगाको विकासमा सक्रिय नेता हुन्। उनी इमानदार छवि भएका र जनस्तरमा भिजेका नेता मानिन्छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर