आमनिर्वाचन-२०७९

बागलुङ १ मा चित्रबहादुर केसी र २ मा देवेन्द्र पौडेल विजयी

बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन्।

बुधबार अपरान्ह सकिएको मतगणनामा बाग्लुङ १ मा केसी २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन्।

यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए।

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए।

यस्तै बाललुङ २ मा शिक्षामन्त्रीसमेत रहेका माओवादीका देवेन्द्र पौडेल नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन्।

२०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे। उनका प्रतिद्वन्दी नेकपा एमालेकी मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर