इलाम मतगणना : सुहाङले कटाए १० हजार मत, डम्बर ३ हजार मतले पछाडि

इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो परिणामअनुसार सुहाङले १० हजार ३ मतसहित अग्रता लिँदा कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन् । सुहाङ र डम्बरबिच ३ हजार ५९ मतान्तर रहेको छ ।

त्यसैगरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ५९१ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४४३ मत सहित चौथो स्थानमा रहेका छन् । अहिले इलामको माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर