आमनिर्वाचन-२०७९

जसपाले खोल्यो जितको खाता, पर्सा १ मा प्रदीप यादव दोहोरिए

पर्सा १ मा जनता समाजवादी पार्टीका प्रदीप यादव पुन: विजयी भएका छन्। उनले जसपाका तर्फबाट पहिलाे जितसमेत दर्ता गरेका हुन्।

यादव २०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए।

उनले कांग्रेसका बागी अजय द्विवेदीलाई हराएका हुन्। यादवले २२ हजार ५ सय ३७ मत ल्याएका छन्।

दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्र पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *