आमनिर्वाचन-२०७९

बारा ४ मा एकीकृत समाजवादीका किसन श्रेष्ठ विजयी

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ ‘किसन’ विजयी भएका छन्। निर्वाचन अधिकृत कृष्णबहादुर राईले प्रत्यक्षतर्फको केही मत समानुपातिकको पेटिकामा खस्न गएकाले त्यसको गणना गर्न बाँकी भए पनि जितको लागि श्रेष्ठलाई अहिलेको अंक नै पर्याप्त रहेको जनाए ।

पूर्व श्रममन्त्रीसमेत रहेका श्रेष्ठ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पनि हुन्।

उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार थिए । व्यापारी पृष्ठभूमिका श्रेष्ठ तनहुँका हुन्। उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् । श्रेष्ठले २० हजार २ सय ९१ मत ल्याए भने मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे। मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए। यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *