आमनिर्वाचन-२०७९

अछाम २ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी

अछाम क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी भएका छन्। सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले छ। शाहले छ हजार आठ सय ४० मत बढी ल्याएका हुन्।

अछाम २ मा ७९ हजार छ सय २१ मतदाता सङ्ख्यामध्ये ४१ हजार आठ सय ८१ मत खसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *