आमनिर्वाचन-२०७९

हारको बदला लिँदै फराकिलो मतान्तरसहित गोरखा १ बाट कांग्रेसका बजगाईं विजयी

प्रतिनिधि सभा सदस्य गोरखा १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं फराकिलो मतान्तरले विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न मतगणनामा उनले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधि सभामा आफ्नो यात्रा तय गरेका हुन्।

सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ( एमाले)का रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त गरेबम छन्।

बजगाईंले एमालेका बस्नेतलाई १६ हजार छ सय ४३ मतको फराकिलो अन्तरले हराएका हुन्। विजयी बजगाईं वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनको थिए। उनी सफल अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीका रूपमा चिनिन्छन्।

विसं २०७४ को प्रदेश सभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगाईं पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *