आमनिर्वाचन-२०७९

दोब्बर मतान्तरले गोरखा २ बाट प्रचण्ड विजयी, एमालेका अब्दुस मियाँ तेस्राे

गोरखा २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो मतले विजयी भएका छन्

आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहाल २६ हजार एक सय तीन मत ल्याएर विजयी भएका हुन्।

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीलाई १३ हजार चार सय ६६ मतले पछाडि पार्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बुर्लाकोटीले कुल १२ हजार छ सय ३७ मत प्राप्त गरेका छन्।

दाहालको प्रतिस्पर्धामा आउने आकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा सीमित रहे। उनले सात हजार तीन सय ९३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए। गोरखा क्षेत्र नम्बर २ मा कुल ५३ हजार नौ सय ७८ मत खसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *