आमनिर्वाचन-२०७९

तनहुँ १ मा फराकिलो मतान्तरले कांग्रेस वरिष्ठ नेता पौडेल विजयी

तनहुँ १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन्। उनी २५ हजार ३१८ मत ल्याएर निर्वाचित भएका हुन् ।

पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराएका हुन्।

पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए।

स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *