आमनिर्वाचन-२०७९

कैलाली ४ मा गठबन्धनको ‘क्लिन स्वीप’

कैलालीको निर्वाचन क्षेत्र नं ४ को प्रदेश सभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेश सभा(१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका थिए ।

प्रदेशसभा (१) मा सोडारीले १३ हजार चार सय ८९ मतसहित प्रतिद्वन्द्वी एमालेका भीम देउवालाई पराजित गरे । देउवाले नौ हजार हजार चार सय २३ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर चार हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार पाँच सय ७४ मत खसेको थियो ।

प्रदेश सभा (२)मा कांग्रेसका बम एमालेकै हरिसिंह साउदलाई पाँच सय १६ मतान्तरले पछि पार्दै विजयी भए । बमले १२ हजार चार सय ७३ मत प्राप्त गर्दा साउदले ११ हजार नौ सय ५८ मत प्राप्त गरे ।

यसअघि यो क्षेत्रमा नेकपा (एमाले)का लेखराज भट्टलाई तीन हजार चार सय ३८ मतान्तरले पछि पार्दै प्रतिनिधि सभातर्फ कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर निर्वाचित भएका हुन् । बलायरले २६ हजार एक ७१ मत पाउँदा एमालेका भट्टले २२ हजार पाँच सय ३३ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *