आमनिर्वाचन-२०७९

अन्तिम समयमा एमालेको टिकट त्यागेर स्वतन्त्र उठेका प्रभु साह चौथोपटक निर्वाचित

रौतहट क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन्।

साहले निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरेका हुन्।

सो क्षेत्रबाट साहको यो चौथो जितसमेत हो। नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहेका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेवारी दर्ता गराएका थिए।

साह ३२ हजार ४३७ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी ओमप्रकाशले २५ हजार २०० मत पाए।

विजयी साहलाई सत्ता गठबन्धनले सघाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर