आमनिर्वाचन-२०७९

चितवन १ मा पूर्वअर्थमन्त्री र याेजना आयोगका पूर्वउपाध्यक्ष पराजित, ‘घण्टी’का हरि ढकाल विजयी

चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्।  पूर्वअर्थमन्त्री नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन्।

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो। यसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ।

उक्त क्षेत्रको प्रदेश सभा १ मा नेकपा (एमाले)का जगन्नाथ थपलिया विजयी भएका छन्। थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाएका छन्। यस प्रदेश क्षेत्रमा ४३ हजार आठ सय ३६ मत खसेको थियो।

यस क्षेत्रको प्रदेश सभा २ मा नेकपा (एकिकृत समाजवादी)का कृष्णप्रसाद खनाल विजयी भएका छन्। खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरेका छन्। यस प्रदेश क्षेत्रमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *