कपिलवस्तु–१ मा एमाले उम्मेदवार अधिकारी निर्वाचित

कपिलवस्तु निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार बलराम अधिकारी निर्वाचित भएका छन् ।

अधिकारीले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार चक्रपाणि खनाल ‘बलदेव’ लाई १५ हजार छ सय ९२ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

अधिकारीले ३४ हजार छ सय ७५ मत पाउँदा उनका प्रतिस्पर्धी खनालले १८ हजार नौ सय ८३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा १ का निर्वाचन सहायक अधिकृत शान्तराज आचार्यले जानकारी दिए ।

जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले आठ हजार तीन सय ९६ मत, नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारूले छ हजार ७५ मत ल्याएको आयोगले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर रायमाझीले चार हजार तीन सय ४१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्जू सिंह विष्टले तीन हजार तीन ७६ मत पाएका छन् ।

निर्वाचनमा पराजित खनाल माओवादी केन्द्रका सचिव हुन् । उनी २०७४ मा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर