आमनिर्वाचन-२०७९

बर्दिया १ मा कांग्रेसका सञ्जयकुमार गौतमको दोस्रो जित

बर्दिया क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका सञ्जयकुमार गौतम प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

उनले नेकपा एमालेका लक्ष्मण ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गरेका हुन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार गौतमले ३० हजार ६११ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले २६ हजार १५५ मत ल्याए ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले २३ हजार ९९३ मत प्रात गरे ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाइ ७५३ मतान्तरले पराजित गर्दै गौतम विजयी भएका थिए, यो उनको दोस्रो जित हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *