आमनिर्वाचन-२०७९

माेरङ ६ मा लालबाबु पण्डितलाई १२ हजार बढी मतान्तरले हराउँदै शेखर कोइराला विजयी

मोरङ प्रतिनिधि सभा क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विजयी भएका छन्। कोइरालाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितलाई १२ हजार १८६ मतान्तरले हराएका हुन्।

सत्ता गठबन्धनका उम्मेदवार कोइरालाले ३५ हजार २१८ मत पाउँदा एमाले-जसपा गठबन्धनका उम्मेदवार पण्डितले २२ हजार ९३२ मत पाए।

यस निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ जम्मा ८५ हजार ३७१ मत खसेकोमा ८० हजार ४१७ सदर भएको थियो।

२०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रमा कोइराला र पण्डितबीच प्रतिस्पर्धा भएको थियो।

पण्डितसँग कोइराला पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *