आमनिर्वाचन-२०७९

गुल्मी १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका डा. चन्द्र भण्डारी विजयी

गुल्मी क्षेत्र नं. १ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी विजयी भएका छन्।

उनले नेकपा  एमालेका उपमहासचिवसमेत रहेका प्रदीप ज्ञवालीलाई १ हजार ५९२ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याए ।

गुल्मी १ का लागि भण्डारी र ज्ञवाली पुरानै प्रतिस्पर्धी हुन्। गुल्मी १ का मतदाताले उनीहरूलाई पालैपालो निर्वाचित गराएको इतिहास छ।

२०५६ सालको चुनावमा ज्ञवालीले क्षेत्र नम्बर १ बाट कांग्रेसका चन्द्र केसीसँग प्रतिस्पर्धा गरेका थिए। त्यस निर्वाचनमा ज्ञवाली नै विजयी भए। त्यसपछि २०६४, २०७० र २०७४ र २०७९ सम्मको चुनावमा ज्ञवाली गुल्मी २ बाट उठ्दै आएका छन्।

यसअघिका तीन चुनावमा यस क्षेत्रका मतदाताले दुई पटक भण्डारी र एक पटक ज्ञवालीलाई प्रतिनिधि चुनेका थिए। २०६४ सालको निर्वाचनमा ज्ञवालीले चुनाव जितेका थिए भने २०७० को निर्वाचनमा भण्डारी निर्वाचित भएका थिए।

यस्तै २०७४ को निर्वाचनमा ज्ञवाली चुनिएका थिए। २०७४ सालको चुनावमा ज्ञवालीले वाम गठबन्धनको साथ पाएका थिए। यसपटक भण्डारीले सत्ता गठबन्धनकाे साथ पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *