आमनिर्वाचन-२०७९

प्रतिनिधि सभा समानुपातिकमा एमालेले कटायो ११ लाख मत, अन्य कुन दलको कति?

नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिकतर्फ ११ लाख मत कटाएको छ।

निर्वाचन आयोगका अनुसार एमाले अहिलेसम्म प्रतिनिधि सभाअन्तर्गत समानुपातिकतर्फ ११ लाख २१ हजार २२१ मत पाएर पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० लाख ६३ हजार ९५७ मत प्राप्त गरेको छ।

यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ लाख ३१ हजार ५२० मत प्राप्त गरेको छ। नेकपा माओवादी केन्द्र भने ४ लाख ८६ हजार ९१ मतसहित चौथो स्थानमा छ। पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ८० हजार १०५ मत प्राप्त गरेको छ। जसपा नेपाल एक लाख ३१ हजार ८१० मतसहित छैटौं नम्बरमा छ।

एकीकृत समाजवादीले ८० हजार ३०२ ,नागरिक उन्मुक्ति पार्टीले ७९ हजार ७५२ , जनमत पार्टीले ८० हजार २३२, नेपाल मजदुर किसान पार्टीले ५७ हजार ७७०, लोसपाले ५६ हजार २२१ मत ल्याएका छन्।

त्यसैगरी हाम्रो नेपाली पार्टीले ३३ हजार ४१९ र राष्ट्रिय जनमोर्चाले ३० हजार ६२ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *