आमनिर्वाचन-२०७९

कालीकोटमा माओवादीका महेन्द्रबहादुर शाही विजयी

कालीकोटमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही विजयी भएका छन्। उनले नेकपा (एमाले) का नगेन्द्र शाहीलाई छ हजार बढी मतान्तरले पराजित गरेका हुन्।

कालीकोटमा खसेको कुल ४६ हजार छ सय ६९ मतमध्ये माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुरले २३ हजार ८७ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका नगेन्द्रले १६ हजार २३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै राप्रपाका धनबहादुर बुढाले एक हजार ५६३, नेमकिपाका खड्गराज शाहीले एक हजार ८९, नेपाली कांग्रेस (विपी) का पङ्खबहादुर विष्टले एक सय ४० तथा स्वतन्त्रद्वय काशीचन्द्र बरालले आठ सय ९३ र धनप्रसाद पाण्डेले ७९ मत ल्याएको मुख्य निर्वाचन अधिकतृ भरत लम्सालले जानकारी दिए।

कालीकोटमा दुई हजार ४१ मत बदर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *