स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी

स्याङ्जा १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी भएका छन्। आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गरेका हुन्। थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गरे।

थापाले ३१ हजार नौ सय ९९ मत पाउँदा उहाँका प्रतिस्पर्धी मरासिनीले २८ हजार सात सय ४४ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ हजार ६५ मत प्राप्त गरे।

थापा र मरासिनीबीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो। स्याङ्जा क्षेत्र नं. १ मा २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका थापा विजयी भएका थिए। विसं २०७४ को निर्वाचनमा एमाले नेता मरासिनी विजयी भएका थिए।

स्याङ्जा–१ (१) मा नेकपा एमालेका सुधीरकुमार पौडेल विजयी भएका छन्। १ (२) मा नेकपा एमालेकै सीता सुन्दास विजयी भएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *