
आमनिर्वाचन-२०७९
मोरङ ३ मा कांग्रसेका सुनील शर्मा विजयी, एमालेका भानुभक्त ढकाल फराकिलाे मतान्तरले पराजित

मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका डा. सुनीलकुमार शर्मा विजयी भएका छन्।
शर्माले एमालेका भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। २०७४ सालको निर्वाचनमा ढकालले नै शर्मालाई पराजित गरेका थिए।
यसपटक शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर हारको बदला लिएका छन्। शर्मा नोबेल मेडिकल कलेज विराटनगरको सञ्चालक हुन् ।
शर्माले ४८ हजार ६३१ मत ल्याएका छन्। ढकालले २५ हजार ८९५ मत मात्रै पाए। राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमै सीमित भइन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३१७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १५२० मत पाएका छन्।
प्रतिक्रिया