आमनिर्वाचन-२०७९

समानुपातिकतर्फ माओवादीले उछिन्यो ‘घण्टी’

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको जारी मतगणनामा समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ।

माओवादी राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको हो।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ माओवादीले ८ लाख ११ हजार ३१५ मत पाएको छ। रास्वपा ७ लाख ९६ हजार ७८२ मत पाएर चौथो स्थानमा झरेको छ।

समानुपातिकतर्फ काठमाडौं उपत्यका र शहरी क्षेत्रको मतगणना हुँदा रास्वपाले माओवादीलाई निरन्तर पछि पारेकोमा पछिल्लो समय देशैभरिको मतगणना भइरहँदा माओवादीले मत बढाएको हो।

समानुपातिकतर्फ १९ लाख ११ हजार ५२७ मतसहित नेकपा एमाले पहिलो र १८ लाख ३९ हजार ८८४ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा कायम रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *