आमनिर्वाचन-२०७९

राजेन्द्र महतो हराउँदै महिन्द्रराय यादव विजयी

सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार १३ मतान्तरले पराजित गर्दै जित निकालेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय, सर्लाहीले जनाएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनकाे नेपाल समाजवादी पार्टी (नेसपा)का रायले नेकपा(माओवादी केन्द्र)को निर्वाचन चिह्न लिएर २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार पाँच सय १६ मत पाएकाे मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए।

राय विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएक थिए भने लोसपाका महतो विसं २०७४ मा नेकपा (एमाले)को सहयोगमा धनुषा क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए। यता वाम–लोकतान्त्रिक गठबन्धनका राय सर्लाही क्षेत्र नं २ बाटै २०७४ मा पनि निर्वाचित भएका थिए।

त्यसैगरी सर्लाही–२ प्रदेश सभा (२)बाट नेपाली कांग्रेसका कौशल किशोर यादव प्रदेश सभा सदस्यमा विजयी भएका हुन्। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार मेभुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय, सर्लाहीले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले नौ हजार छ सय २६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका चौधरीले नौ हजार चार सय ४७ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर