माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो

माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमबार बसेको ४७२ औ बैंठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ । डा. उपेन्द्र गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुन् । उनले नेपालको एक सफल उद्यमीको समेत पहिचान बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर