आमनिर्वाचन-२०७९

संसद्मा पहिलोपल्ट देखिने छन् यी ५९ अनुहार

संघीय संसद्मा यसपटक ५९ जना नयाँ अनुहारकाे प्रवेश हुने भएकाे छ। ४ मंसिरमा सम्पन्न निर्वाचनबाट हालसम्म सार्वजनिक मतपिरणामअनुसार ५९ जना नयाँ सांसदले संघीय संसद्मा ‘डेब्यु’ गर्ने पक्का भएकाे हाे।

प्रतिनिधि सभा प्रत्यक्षतर्फको १६१ क्षेत्रको नतिजा आउँदा ५९ जनाले पहिलो पटक संघीय संसद्को प्रतिनिधि सभामा पहिलो पाइला राख्ने भएका हुन्।

पलिहोपल्ट निर्वाचिन हुने नयाँ अनुहारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट १७/१७ जना, नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीबाट ७ र नागरिक उन्मुक्ति पार्टीबाट ३ जना छन्।

यस्तै माओवादी र राप्रपाबाट ४/४ जना नयाँ अनुहारले संसद्मा स्थान सुरक्षित गरेका छन् भने जसपाका ३, लोसपा र जनमत पार्टीका १÷१ जना पहिलो पटक प्रतिनिधि सभामा पुग्ने भएका छन्। यस्तै ३ जना स्वतन्त्र उम्मेदवारले पनि पहिलोपल्ट प्रतिनिधि सभाको यात्रा तय गरेका छन्।

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ३ निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनै बाँकी छ भने एक स्थानको मतगणना जारी छ। सुनसरी–४ को मतगणना भइरहेको हो जहाँ पुरानै अनुहार नेपाली कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की अगाडि छन् र उनी निर्वाचित हुने सम्भावना बलियो छ। स्याङजा–२, बाजुरा र दोलखामा मतगणना सुुरु हुन बाँकी छ।

सुनसरी–४ र स्याङजा–२ र बाजुरमा सत्ता गठबन्धन र एमालेका उम्मेदवारमा पुरानै अनुहार रहेकाले ती क्षेत्रमा अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारको जित्ने सम्भावना छैन।

दोलखामा भने सत्ता गठबन्धनबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण अधिकारी दुवै नयाँ अनुहार हुन्। उनीहरूमध्ये एक जना निर्वाचित हुने सम्भावना बढी देखिएकाले प्रतिनिधि सभामा थप एक जना नयाँ अनुहार आउन सक्ने छ।

हेर्नुस् कुन दलबाट कोको नयाँ अनुहार ?

नेपाली कांग्रेस

१)विश्वप्रकाश शर्मा

२) किशाेरसिंह राठाैर

३)सुनीलकुमार शर्मा

४)दिनेशकुमार यादव

५)सन्तोष चालिसे

६)प्रदीप पौडेल

७)दुर्लभ थापा क्षेत्री

८)पूर्णबहादुर तामाङ

९)श्यामकुमार घिमिरे

१०)राजेन्द्र बजगाईं

११)विष्णुकुमार कार्की

१२योगेश गौचन थकाली

१३)खमबहादुर गर्बुजा

१४)दिक्पालकुमार शाही

१५)ऐनबहादुर शाही ठकुरी

१६)पुष्पबहादुर शाह

१७)डिल्लीराज पन्त

नेकपा एमाले

१)महेश बस्नेत

२)अम्मरबहादुर रायामाझी

३)मानवीर राई

४)अच्युतप्रसाद मैनाली

५)लक्ष्मी महतो कोइरी

६)रामशंकर यादव

७)महेशकुमार बर्तौला

८)प्रेमबहादुर महर्जन

९)मनबहादुर गुरुङ

१०)दामोदर पौडेल वैरागी

११)नारायणप्रसाद आचार्य

१२)ठाकुरप्रसाद गैरे

१३)सूर्यबहादुर थापा क्षेत्री

१४)सूर्यप्रसाद ढकाल

१५ं)वासुदेव घिमिरे

१६)तारा लामा तामाङ
१७)भगवती चौधरी

नेकपा माओवादी केन्द्र

१)माधव सापकोटा

२)लेखनाथ दाहाल

३)पूर्णबहादुर घर्तीमगर

४)छिरिङ डम्डुल लामा (भोटे)
५)भगवती चौधरी

जनता समाजवादी पार्टी (जसपा)

१)दीपक कार्की

२)नवलकिशोर साह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

१)दीपकबहादुर सिंह

२)ध्रुबबहादुर प्रधान

३)धवलशम्शेर जबरा

४)ज्ञानेन्द्र शाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

१)रवि लामिछाने
२)सोबिता गौतम

३)शिशिर खनाल

४)गणेश पराजुली

५)विराजभक्त श्रेष्ठ

६)तोसिमा कार्की

७)हरि ढकाल

नागरिक उन्मुक्ति पार्टी (नाउपा)

१)रञ्जिता श्रेष्ठ

२)अरुणकुमार चौधरी

३)गंगाराम चौधरी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१)रामप्रकाश चौधरी

जनमत पार्टी
१)चन्द्रकान्त (सीके) राउत

स्वतन्त्र
१)योगेन्द्र मण्डल (जोगी)

२)किरणकुमार साह

३)लालवीर चौधरी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *