नवौं विश्व माटो दिवसमा प्रभातफेरि हुने

कृषि विभागले नवौं विश्व माटो दिवसको अवसरमा मंसिर १९ गते माटोसम्बन्धी जनचेतना जगाउन प्रभातफेरि गर्ने भएको छ ।

बिहीबार कृषि विभागले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नवौं विश्व माटो दिवसमा मंसिर १९ गते माटोसम्बन्धी जनचेतना जगाउन प्रभातफेरि तथा विभिन्न कार्यक्रम गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले विश्व माटो दिवसको अवसरमा विभिन्न चित्रकला तथा माटोको संरक्षण सम्बन्धी गोष्ठीहरुको आयोजना गर्ने बतए । उनले मंसिर १९ गते हरिहरभवन–जावलाखेलसम्म प्रभातफेरि गर्ने बताए । उनले राष्ट्रिय किसान आयोगद्वारा प्रदेशहरुमा माटो परीक्षण शिविर आयोजना गर्ने योजना रहेको पनि बताए ।

नेपालको खेतीयोग्य जमिनको ५५ प्रतिशत माटो अम्लीय प्रकृतिको, ५ प्रतिशत क्षारीय र ४५ प्रतिशत तटस्थ प्रकृतिको पाइएको विभागले जनाएको छ । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुन्छ । नेपालमा खेती गरिने जमिनको ५६ प्रतिशत नाइट्रोजनको मात्रा न्यून, ३० प्रतिशतमा मध्यम र १४ प्रतिशतमा अधिक रहेको पाइएको विभागले बताएको छ ।

पछिल्लो समय गोबर वा कम्पोष्ट मल,हरियो मलको प्रयोग न्युन रहेकाले माटो बिग्रँदै गएको विभागको भनाइ छ । यो वर्षको विश्व माटो दिवसको नारा स्वस्थ मोटोको साथ,खाद्य उत्पादनको शुरुवात रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर