‘मिस ईकलेज-२०२३’ का लागि आवेदन खुल्यो

विगत १३ वर्षदेखि निरन्तर रुपमा विभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज-२०२३ को एघारौं संस्करणका लागि आवेदन फारम खुलाएको छ ।

उपत्यकालगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्षदेखि २५ वर्षसम्मका छात्राहरूलाई मध्यनजर राखी ‘मिस ईकलेज-२०२३’ को आयोजना गर्न लागिएको सिजन मिडियाककी कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन् ।

कलेजस्तरका युवतीहरुको शैक्षिक विकास, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरिक क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ ।

विगत १३ वर्षदेखि काठमाडाैंमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो एघारौैं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो । उक्त कार्यक्रममा विभिन्न कलेजहरुबाट २१ जना प्रतियोगीहरुलाई सहभागी गराइने छ ।

‘विद्यार्थीको व्यक्तित्व शिक्षा र सौन्दर्य’ भन्ने नाराका साथ हुन लागेको यस प्रतियोगितामा नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ । यस कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई विभिन्न विषयमा अध्ययन गर्न चाहेमा नेपाल एयर होस्टेज एकेडेमीमा ७ हजार रुपैयाँ बराबरको छुट, त्यसैगरी फेशन डिजाइन कोर्षमा ७ हजार रुपैयाँ बराबरको छुट, मेकअप तालिम लिन परेमा ५ हजार रुपैयाँ बराबरको रकम छुटको व्यवस्था पनि गरिएको छ भने उच्च शिक्षामा विभिन्न छात्रावृत्तिहरु प्रदान गरिने छ । यस कार्यक्रममा सहभागिताको लागि पौष पहिलो सातासम्म आवेदन फारम सिजन मिडियाको कार्यालय कमलादीमा भर्न सकिने छ ।

.प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा माघको पहिलो साता राजधानीमा हुने छ । प्रतियोगिताका विजेताहरुले ‘मिस ईकलेज २०२३’ कोे ताज उपाधिसहित स्नातक तहमा २ लाख बराबरको छात्रवृत्तिलगायत विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् भने अन्य विजेताहरुलाई मोडलिङ, म्युजिक भिडियो, फिल्म तथा विभिन्न ब्राण्डको ब्राण्ड एम्बासडरको भूमिकामा सहभागी गराइने साथै अन्य विभिन्न अवसरहरु प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै उच्च शिक्षाको लागि विभिन्न देशमा अध्ययनको लागि छात्रवृत्ति पनि उपलबध गराइने छ भने अन्य गिफ्ट हयाम्पर पाउने छन् । यसबाहेक अन्य विभिन्न १० विधामा पनि विजेता छनेटा गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर