इन्डियन आर्मी बनाइदिन्छु भन्दै दुई करोड ठगी गरेको अभियोगमा एक जना पक्राउ

इन्डियन आर्मी बनाइदिन्छु भनी करिब २ करोड रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोरङको पथरीशनिश्चरे नगरपालिका-३ का ४३ वर्षीय नरेन्द्र पाख्रिन तामाङ पक्राउ परेका हुन्।

तामाङले करिब २५ जना व्यक्तिहरूलाई इन्डियन आर्मी बनाइदिन्छु भनी जनही ५ देखि ६ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोप छ। उनलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले आइतबार बिहान उनकै घरबाट पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *