जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना, ९ जनाको मृत्यु, ३ गम्भीर घाइते

जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु छ। तीन जना गम्भीर घाइते भएका छन्। दुुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको हो।

छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको मृत्यु भएको हो। गम्भीर घाइते तीन जनाको उद्धार भइरहेको घटनास्थलमा रहेका स्थानीय रेशम खड्काले जानकारी दिए ।

छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको कर्णाली प्रदेश ०२–००१च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। घटनास्थलमा प्रहरी पुग्दैछ। घाइतेहरूको स्थानीयले उद्धार गरिरहेका छन्।

मृतक र घाइतेको पहिचान हुन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर