चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक (भिडियाेसहित)

चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

१ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरूको उठान गरिएको छ । लागुऔषधविरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्ममा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ । चलचित्रमा परिवारको सदस्य दुर्व्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति, त्यसले किशोरकिशोरी र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ ।

किशोरावस्था उमेरलक्षित चलचित्रको सार्वजनिक ट्रेलरले कुलतविरुद्धको सन्देश बोल्छ । कार्यक्रममा बोल्दै नायिका सरिता लामिछानेले किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको भन्दै चलचित्र उत्कृष्ट रहेकाले दर्शकको मन जित्ने बताइन् । उनले फिल्मले सामाजिक कथावस्तुको उजागर गरेकाले लक्षित वर्गमा यसको प्रभाव पार्ने बताइन् ।

त्यस्तै कार्यक्रममा नायिका करिश्मा मानन्धरले फिल्म ‘सरी मम’ले दर्शकको माया धेरै पाउनेमा विश्वस्त रहेको बताइन् । चलचित्र सन्देशमूलक भएकाले सबैले हेर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले कलाकाररिता क्षेत्रमा दिग्गज मानिने व्यक्तित्वहरू चलचित्रमा रहेकाले र लागुऔषधविरुद्धको अभियानमा यसले सहयोग पुग्ने भएकाले सबैलाई चलचित्र हेर्न आग्रह गरिन् ।

नवीन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिशा बजगाईं , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ । फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रीतम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

हेर्नुहाेस् ट्रेलर :

https://www.youtube.com/watch?v=EjxZaNAkeSo

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर